
लहान, २० पुष । लहान २४ बस्तीपुरकी एक महिला आज ढेड महिनादेखि सम्पर्कविहीन भएकी छन् । बस्तीपुर निवासी महेन्द्र यादवका कान्छी पत्नि आशादेवी यादव घरायसी विवादको कारण एक महिना १७ दिनदेखि सम्पर्कविहीन छन् । पति यादवले ‘मेरी जेठीका छोराबुहारीसंग विवाद भएको थियो ।’ ‘दूई दिनपछि हामी दुवै जना धान काट्न खेततीर जांदै गर्दा मलाई सिटी सवारीमा पैसेन्जर भेटियो । ‘उनलाई बस्ती टोलमै छाडेर म गए ।’ ‘उनलाई भनेका थिए तिमी धान काट्न जानु, ‘म पैसेन्जर पुर्याएर आउंछु ।’‘सांझमा आउंदा उनी घर फर्किएर आएन ।’ त्यही दिनदेखि सम्पर्कविहीन छन् उनका पत्नि आशादेवी यादव । आशादेवीकी २ बर्षीय एक बच्चा छन् । आफ्ना पत्नि खोजि गरिदिन महेन्द्रले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । तर, हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
Facebook Comments