Loading...
त्रुटीपूर्ण संविधानको बन्दी ओलीलाई झाडा पखाला सत्ताको चिन्ताले भएको हो- सहअध्यक्ष श्रेष्ठ

काठमाडौं, २१ पुस । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानमा रहेको कमजोरीका कारण सत्ता हस्तान्तरणमा ढिलाइ भएको बताएका छन् ।
समाजवादी विद्यार्थी फोरमले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि सत्ता हस्तान्तरण नहुनु विडम्बना हो भन्दै तीन ठूला दलले उत्कृष्ट संविधान बनाएको भने पनि अहिले उनीहरू त्यही संविधानको बन्दी हुनुपरेको टिप्पणी गरे ।
सहअध्यक्ष श्रेष्ठले भने, “एमाले अध्यक्ष केपी ओली अहिले संविधानको बन्दी बन्नुभएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दा पनि सत्ता हस्तान्तरण गर्ने आधार बनिसकेको छैन । प्रधानमन्त्रीले राजीनामा गरे पनि अहिले ओलीको सत्तारोहण हुन सक्दैन । त्यसका लागि पहिला उनी संविधान बमोजिम आफ्नो पार्टीको सङ्घीय संसदीय दलको नेता हुनुपर्छ, त्यसका लागि राष्ट्रियसभाको निर्वाचन हुनैपर्छ । संविधानकै कमजोरीले यो अवस्था आएको हो ।”
समाजवादी विद्यार्थी फोरम नेपालले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने ‘जबर्जस्ती जारी गरिएको संविधानलाई काङ्ग्रेस, एमाले र माओवादीद्वारा विश्वकै उत्कृष्ट भनेर हल्ला गरे पनि यसले मुलुकलाई अगाडी बढाउन सक्दैन ।’ उनले अघि थपे, ‘यस्ता संविधान र कानुनहरू कसले लेखेका छन् ? तिनै दलका नेताहरूले ।
समाजवादी विद्यार्थी फोरम केन्द्रीय कार्यालयले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा ससफो नेपालका प्रदेशसभामा प्रत्यक्ष निर्वा्चित सांसद जयराम यादव, सङ्घीय खेलकुद महासङ्घका उपाध्यक्ष आशमान तामाङ, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई लगायतले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *