
काठमाडौं, पुस । विभिन्न पार्टी परित्याग गरी करिब दुई सय विद्यार्थी तथा युवाहरु संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालमा प्रवेश गरेका छन् ।
समाजवादी विद्यार्थी फोरम केन्द्रीय कार्यालयले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा राप्रपा प्रजातान्त्रिक विदार्थी संगठनका केन्द्रीय उपाध्यक्ष श्याम यादवको नेतृत्वमा कांग्रेस, एमालेसहितका दलबाट दुईभन्दा बढी विद्यार्थी तथा युवाहरु फोरम प्रवेश गरेका हुन् ।
बृहत् पार्टी प्रवेश कार्यक्रममा केशव विक्रम खड्का, विवेक वैश्य, अभिनाश यादव, शेषअलि रेन, सुरेश ठाकुर, शत्रुधन यादव, प्रभाकर मण्डल, सौजन कार्की लगायत सयौंले समाजवादी विद्यार्थी फोरमको सदस्यता ग्रहण गरेका छन् । नवप्रवेशहरु अधिकांश ल’ का विद्यार्थीहरु रहेका छन् ।
नवप्रवेश युवा तथा विद्यार्थीहरुलाई संघीय फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबीर लगाएर स्वागत गरेका छन् ।
Facebook Comments