Loading...
योगेश भट्टराईजी, तपाईंले “खोला तर्यो, लौरो बिर्स्यो” उखानलाई ब्यबहारमा परिणत गर्नु भयो !

दीपक मनराल

“नेता” योगेश जी, तपाईं र तपाईं जस्ता सयौं उम्मेदवारलाई चुनाब जिताउन के पी वली ताप्लेजुङ्ग देखि कंचनपुर, डडेलधुरा र हिमाल देखि तराईसम्म लगातार खट्नु भयो र देशव्यापी स्तरमा बाम लहर ल्याउनु भयो. त्यो समयमा तपाईंले वलीलाई कथित बुढो देख्नु भएन. वलीले त्यसरी तपाईंको लागि नखटेको भए तपाईंको हालत २०७० को निर्बाचनमा जस्तै हुनेथियो. अहिले आफुले चुनाब जितेपछी भने त्यहि मेची देखि महाकाली र हिमाल तराईमा खटिने वली बुढो हुनु भएछ हगि ? क्या बाँदरे कुतर्क गर्छौ हो, कथित युबा “नेता”जी !! तपाईं र सिंगो बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन देशभरी खटिने वली चाहिं बुढो हुनुहुन्थेन, अहिले चाहिं त्यहि वलीले राजनितीबाट अबकाश नै लिनु पर्ने गरी रातारात त्यत्ती धेरै बुढो हुनुभएछ ?
——————
एकातर्फ, त्यहि उमेर समुहका के पी वली तपाईंको लागि “बुढो” ठहरिने. अर्कोतर्फ, तर त्यहि उमेरका माधब नेपाल, वली भन्दा बुढा बामदेव गौतम र झलनाथ खनालहरु चाहिं तपाईंको खोटो दृष्टिमा बुढा भएनन्, हैन त “युबा नेता” जी ? योगेश जी, माफ गर्नु होला, अब देखि म तपाईं जस्ता लाउके, तोरिलाउरे, टप्परटुंया, सतही र लठैत चरित्रको मानिसलाई कदापि नेता मान्ने छैन. त्यसैले, मैले अहिले तपाईंलाई सम्बोधन गर्दा नेताको सट्टा “नेता” भनिरहेको छु. तपाईं जस्ता टप्परटुंया, सतही र लठैत चरित्रको मानिसलाई त्यहि शब्द सर्बोत्तम हुनेछ.
——————–

 

तपाईंले वलीलाई राजनितीबाट अवकाश लिनुपर्छ भन्दा तपाईंको मुखबाट माधब नेपाल, बामदेब गौतम र झलनाथ खनालहरुका नामहरु किन आउन सकेनन् त, “युबा नेता” ज्यु ? यहि हो पूर्वाग्रह र गुट चरित्र भनेको, थाहा भएन र ? तपाईंको गुटे नाईके माधब नेपाल चाहिं के २५ बर्षे लक्का जवान छन् र ? छैनन् भने, वली प्रति तपाईंको त्यस्तो घोर पूर्वाग्रह के का लागि ? अनि तपाईं नै उल्टो “वलिका जुकाहरुले यसो गरे, उसो गरे” भन्दै आफ्नै नेताहरुको अपमान गर्दै फलाक्दै हिड्न लाज लाग्दैन ? तपाईंको हैशियत पनि कसैको जुका हुनु भन्दा बढी केहि छ र ? आफुलाई कथित युबा नेता भनेर कहलाउन चाहने, अनि पार्टी भित्र चाहिं त्यहि बुढा नेताहरुलाई आफ्नो काँधमा बोकेर चाकरी गर्दै आफ्नो हैशियत बढाउन खोज्ने तपाईं को हो ? हामीहरुले चिनेको छैन र ?
———————–
किन तपाईंले सबै नेताहरुलाई एक समान दृष्टिकोणले हेर्न सक्नु हुन्न ? बिगतमा एमाले फुटाउन बामदेब गौतमलाई उचाल्नेहरु मध्य तपाईं सबभन्दा आगाडी रहेको तथ्य बिर्सनु भयो ? पार्टी फुटाएर गएपछी केहि शिप नलागेर ङ्गिच्च पर्दै एमालेमा फर्केर आउनेको तपाईं जस्तो टप्परटुंया, सतही र लठैत चरित्रको मनुवाको अहिले यत्रो फोश्रो फूर्तीफार्ती ? आफुले बर्बराउनु भन्दा अघी जहिले पनि तपाईंको आफ्नो बिगतलाई सम्झनुस, “नेता”जी !!!
——
योगेश भट्टराईजी, तपाईंले ले “खोला तर्यो, लौरो बिर्स्यो” भन्ने उखानलाई ब्यबहारमा परिणत गर्नु भयो !
==================
दीपक मनराल
जनवरी ४, २०१८.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *