Loading...
आदिवासीहरुको नाक-कान काट्ने, भ्रुण हत्यागर्ने पृथ्वीनारायण एकताको प्रतिक होइन- सिके लाल

काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले पृथ्वीनारायण शाहले राष्ट्र- राष्ट्रलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोप्ने काम गरेकाले उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने बताएका छन् । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पृथ्वीनारायण शाहले आफ्नाे महत्वाकांक्षी सपना पूरा गर्नका लागि काठमाडौं उपत्यकाका आदिवासीहरुको नाक र कान काट्नेजस्ता
घोर अमानवीय कार्य गरेकाले उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने जिकिर गरे । ‘कथित एकीकरणको नाममा आफ्नाे
महत्वाकांक्षी सपना पूरा गर्न नाक कान घाटी काटेर भ्रुण हत्या गरेर अमानवीय किसिमले आदिवासी मधेसी, दलितमाथि कुरुप व्यवहार गरी गोरखा राज्य विस्तार गर्ने व्यक्तिकाे नाममा राष्ट्रिय एकता दिवस मनाउन सकिदैन,’ उनले भने, ‘पृथ्वीनारायण शाले राष्ट्रिय एकता हैन राष्ट्र-राष्ट्रहरुलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोपेर माफ गर्नै नसकिने गल्ती गरेका थिए ।’ तत्कालीन समयमा काठमाडौं उपत्यकालाई मात्रै नेपाल भन्ने गरिएको भन्दै सिके लालले गरिब गोरखाका राजा पृथ्वीनारायण शाहले भ्रमणका बेला  चन्द्रागिरी डाँडा पुग्दा सुन्दर काठमाडौं देखेर मालामाल हुने लोभमा सोझा नेवार समुदायसँग मित लगाएर राज्य कब्जा गरेको र नेवारहरुको सोह्र धार्नी नाक कान काटेर राज्य कब्जा गरेको बताए ।  ‘उता पूर्वमा किरात राई र लिम्बूलाई फुटाएर राज्य कब्जा गरेका थिए,’ उनले भने, ‘राईहरुको समुदायमा त यति कुरुप व्यवहार गरेका थिए कि ज्यूँदै मान्छेलाई आगो लगाएर हत्या गरेका थिए ।’
पृथ्वीनारायण शाहले किराती पुरुषहरुलाई ज्यूँदै बोरामा बाँधेर अरुण नदीमा बगाएको र छोरी चेली र महिलाहरुलाई बलात्कार गरी
योनीमा खुर्सानी पिसेर लगाइदिने जस्ता घोर अमानवीय काम गरेको इतिहास रहेको सिके लालले बताए ।
#सिके लाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *