Loading...
वीरगंजलाई राजधानी बनाउनुपर्ने माग सहित शुरु भएको रिले अनसन नबौ दिन पनि जारी 
पुस बीरगंज
वीरगंजलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित वीरगंजको घण्टाघरमा गत शुक्रबारदेखि सुरु भएको रिले अनसन नबौदिन पनि जारी रहेको छ ।
वीरगंज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो । रिले अनसनको आठौ दिन शुक्रबारको अनसनमा केदारनाथ तिबारीको नेतृत्वमा  लालबाबु जैसवाल, सरोज साह, धु्रव साह कानु, जितेनद्र साह कानु, रामेशवर महतो कोइरी, रामअश्रे साह तेली, श्रीलाल कुशवाहा र अफरोज मिया लगायत ९ जना बस्नु भएको र वीरगंजलाई राजधानी नबनाए सम्म संघर्षका कार्यक्रमहरु जारी रहने वीरगंजलाई बिरगंज राजधानी संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सरार्फले जानकारी दिनु भयो ।
वीरगंजलाई राजधानी बनाउन ज्ञापनपत्र सहित समितिका संयोजक पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वको टोली प्रधानमन्त्री लगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउन भोली शनिबार काठमाडौं प्रस्थान गर्ने समेत प्रवक्त सर्राफले जानकारी दिनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *