Loading...
काठमान्डूको मुटुमा फोरम नेपालले कुदायो मोटरसाइकल, स्वस्फुर्त स्थानिय बासिन्दाको सहभागी

संघिय समाजबादी फोरम काठमाडौँ नेपाल काठमान्डू जिल्लाबाट आयोजित मोटरसाएकल रयाली कार्यक्रमको उत्घाटन पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको छ । त्यसैगरी पार्टीका नेताहरु रमेशचन्द्र प्रधान,पबित्र बज्राचार्य,राजन के.सी.,मनरत्न शाक्य को समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वस्फुर्त रुपमा धेरै स्थानिय बासिन्दा,बुद्धिजीवि,नाग्रिकगुवा,पत्रकार,बिद्यार्थी तथा युवाहरुको उल्लेखीय सहभागिता जनाएका छन् ।
काठमाडौँ जिल्ला सदस्य श्याम कृष्ण प्रजापतिको सयोजक्त्तामा भएको उक्त र्याली न्युरोड ओम बहालबाट सुरु भएर किर्तिपुर , मंगलबजार,ठेचो,भक्तपुर पुगेर समापन भएको थियो । हालै सम्पन्न चुनाबमा प्रदेश न.२ का जनतालाइ बधाई तथा सुवाकमाना दिदै प्रदेश न.३मा पहिचान,संघियताको आन्दोलन जारीरहेको तथा नेता कार्यकर्तालाई तयारी,प्रचार तथा संघर्ष गर्न नेताहरुले कार्यक्रतालाइ निर्देशन समेत दिनुभयो । शो कार्यक्रममा पहिचान प्रति एक्यबढ्ता जनाउन मावोबादी नेता मुक्ति प्रधान समेत सहभागी हुनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *