Loading...
चिसोको कारण रौतहटमा मृत्यु हुनेको संख्या पुग्यो १९, थप दुई जनाको मृत्यु

नरेन्द्र साह,पौष २९ गते, । चिसोले कठाङग्रिएर रौतहटमा मृत्यु हुनेको संख्यामा दिनप्रति दिन वृद्धि हुदै गएको छ । चिसो बाट कठाङग्रिएर अहिलेसम्म रौतहटमा मृत्यु हुनेको संख्या १९ पुगेको प्रहरीले जनाएको छ । लगातारको चिसोले कठाङग्रिएर आज विहान पनि २ जनाको मृत्यु भएसँगै चिसो बाट मृत्यु हुने को संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चिसोकै कारण यो भन्दा अघि १६ जनाको मृत्यु भैसकेको छ ।

चिसोका कारण जिल्लाको बौधिमाई नगरपालिका वडा नं १ अजगैवीका ५५ वर्षिय राम चन्द्र साह र गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुर का ७४ वर्षिय राम वृक्ष साह कानुको मृत्यु भएको हो । सुतेको अवस्थामा दुवैजनाको कठाङग्रिएर आज विहान ३ बजे ओछयानमै मृत्यु भएको हो । विगत केहि दिनदेखी लागिरहेको बाक्लो हुस्सु र दिनभरी चल्ने गरेको चिसो हावाका कारण जाढो बढेर याहाँ दिनहु मान्छेको मृत्यु भईरहेको छ । जाडो छल्न सरकारले राहत बाडने घोष्णा गरेपनि अहिलेसम्म पिडितले पाएको छैन । त्यस्तै याहाँका नगरपालिका र गाउँपालिकाहरु दाउरा वितरण गरेपनि सबै ठाउँमा पु¥याउँन सकेका छैनन । नगरपालिका र गाउँपालिकाहरु प्रयाप्त मात्रामा दाउर वितरण नगरेको चिसोबाट प्रभावित रौतहटेली नागरिकहरुले गुनासो गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *