
काठमाडौ माघ २ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा का समानुपातिक सूची निर्वाचन आयोगमा आज बुझाएको छ । राजपा नेपाला संयोजक महन्थ ठाकुर आज चार वजे आफै आयोग गएर सो लिस्ट बुझाउनु भएको हो । राजपाले दुई नम्बर प्रदेशबाट रामनरेश राय, जानकी शरण साह, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, अल्का कुमारी झा, रिना यादवको नाम आयोगमा बुझाएको छ। त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम राजपाले आयोगमा बुझाएको छ। यसअघि, प्रदेश नम्बर दुईबाट नेत्रविक्रम साह, निराकुमारी साह, अल्का कुमारी झा र रिना यादवको नाम राजपाले बुझाएको थिएन। प्रदेश नम्बर पाँचका विम पन्त र प्रदेश नम्बर सातका मालवती राना दुवै परिमार्जित सूचीमा परेका हुन्। यसअघि नाम रहेका रामप्रवेश वैठा, पुनम यादव, विवा ठाकुर, लैला खातुनलाई राजपाले सूचीबाट राजापले हटाएका छ। प्रदेश नम्बर सातमा सुनीता चौधरी र प्रदेश नम्बर पाँचमा महम्मद कादीर शेखलाई राजपाले परिमार्जित सूचीबाट हटाएको छ।
Facebook Comments