
३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ । प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् ।
नाम ः रत्नेश्वर लाल कायस्थ
जन्म ः ई.स. ३ मई १९४४
शैक्षिक योग्यता ः एस.एल.सी. – ई.सन. १९५९ प्रथम श्रेणी, ल.च.मु. उच्चाङ्गल माध्यमिक विद्यालय जलेश्वर महोत्तरी, आई.एस्सी. ई.सन.१९६१ प्रथम श्रेणी, त्रीचन्द्र कलेज काठमाडौं, वि.टेक. औनर्स प्रथम श्रेणी, आई.आई.टी खरगपुर, इन्डिया
डी.आई.सी., एम.एस्सी. इम्पेरियल कलेज, लण्डन
सेवाः
ड्ड वि.स. २०२१ साल देखि २०५८ साल सम्म नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) भई सेवा निवृत्त भएको ।
ड्ड नेपाल सरकारबाट सेवा निवृत्तभए पश्चात नेपाल विद्युत प्राधिकरणको र नेपाल ईन्जिनियरीङ काउन्सिलको बोर्ड मेम्बर भई सेवा प्रदान गरेको ।
ड्ड राष्ट्रिय योजना आयोगको सदस्य – २०६४ साल
ड्ड वि.स. २०६३ देखि मधेशी जनअधिकार फोरम, नेपालको केन्द्रीय सचिव र २०७२ साल देखि सङ्घीय समाजवादी फोरम, नेपालमा केन्द्रीय सचिव भई सेवा प्रदान गरेको ।
Facebook Comments