Loading...
बिरगंजलाइ राजधानी माग गर्दै आन्दोलन सुरु, पर्सा जिल्ला बन्दको घोषणा
वीरगंज ३ माघ, प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने माग गर्दै माघ ४ गते बिहिबार पर्सा बन्दको आह्वान गरिएको छ ।
प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरगंज संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले एक विज्ञप्ति जारी गरी जनाउनु भएको छ ।
बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन निर्वाद्ध रुपमा संचालन रहने छ भने  उद्योग, ब्यवपार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने विज्ञप्तिमा उल्लेख छ । पर्सा, बारा लगायतको जिल्लाको विकास र समृद्धिको सवाल रहेकोले यो बन्दलाई सफल पार्न उद्योगी, व्यवसायी, व्यपारी, युवा वर्ग, राजनीतिक दल, किसान, शैक्षिक संस्था लगायत सम्पूर्णमा सर्वसाधारणमा विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *