
दि.ज.स.रौतहट,माघ ४, केही दिन देखि अगाडि अनशन बसेर प्रा.डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहटमा पुगेका छन् । बिहीबार बिहानै डा। केसी कम्बल तथा अन्य न्याना कपडासहित रौतहटको गढीमाइ नगरपालिककाका विभिन्न वडाहरूमा रहेका यहाक, चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायमा देखिएका छन्। उनी बिना जानकारी डाक्टर तोसिमा कार्की, अभिशेख राजसिंह सहित गढीमाइका दलितबस्तीमा पुगेका हुन् । साथै उनले बाटोमा भिख माग्दै बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्याना कपडाहरू वितरण गरेका छन्। दलित बस्तीमा न्यानो वितरण पश्चात निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट कहाँ कहाँका मानिसहरू पीडित छन् आफू लाई थाहा भएको र त्यहाँ पुगी न्यानो वितरण गर्ने कार्यक्रम रहेको बताए ।
Facebook Comments