Loading...
धनकुटा तनावग्रस्तः आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा गरे आगजनी 

३ माघ, काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनुकेटावासीले क्षेत्रीय प्रशासन
कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालय को दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ । आन्दोलनकारीले कार्यालयकाे झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखा ले जनाएको छ । यसअघि सरकारले प्रदेश नं. १ को अस्थाई मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ धनकुटा वासीले धनकुटा बजारमा मशाल जुलुस समेत निकाले का थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *