Loading...
प्रदेश सभा सदस्यको शपथ ग्रहण व्यापार संघमा, कहिले हुने भो सपथ ग्रहण ?

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा शपथ ग्रहण हुने भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले शनिवार सुचना जारी गरि प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण आईतवार विहान १० वजेदेखि जनकपुर उद्योग वाणिज्य संघमा हुने जानकारी गराएका छन् ।  नेपालको संविधान तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण संघको सभा हलमा हुने सुचनामा उल्लेख छ ।

शपथ ग्रहण तयारीको लागि संघको सभाहल सजावटको कार्य जोरतोरले भईरहेको छ । मजदुरहरु सभाहलमा लाईट, कुर्सि तथा सजावटको कार्यमा लागेका छन् । संघका नव निर्वाचित अध्यक्ष ललित साहले प्रदेश सभाको सदस्यहरुको शपथ ग्रहण वाणिज्य संघको सभाहलमा हुने भएकोले खुसि व्यक्त गरेका छन् । वाईट.. उनले संघको प्राङगण, बाटो तथा शौचालयहरुको सरसफाईमा संघ आफ्नै जुटेको बताए ।

सभाहलको सजावटको काम उहाँहरुले आफैले गर्ने उल्लेख गर्दै उनले भने,‘ वाहिरको सरसफाई तथा सजावटको काम संघले गरिरहेको छ ।’ पहिलो चोटी प्रदेश सभाका सदस्यहरुले शपथ ग्रहण कार्यक्रम हुने गईरहेकोले निःशुल्क रुपमै सभाहल उपलब्ध गराएको उनले बताए । प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम जिल्ला शिक्षा कार्यालयको शैक्षिक तालिम केन्द्रमा हुने भनिएपनि तयारी हुन नसक्दा संघको सभा हलमा गर्न लागिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *