Loading...
एमालेप्रति सुरु भयो संका उपसंका, लुकाएर राखेको पैसा प्रयोग गर्न दिनुपर्ने ओलीको प्रस्ताब

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्पत्ति सुद्धिकरण (लाउन्ड्रिङ)को विधिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न एमाले मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा ओलीले अहिलेको मनिलाउन्ड्रिङ कानूनलाई फेर्नुपर्नेमा विषयमा जोड दिएका हुन्।

अहिलेको मनि लाउन्ड्रिङ नै अनुचित रहेको उनको भनाइ छ। ‘मनि लाउन्ड्रिङ भनेको जसले पैसा निकाल्यो त्यसलाई समाउनु होइन, धारा, वासिङ मेसिनमा जान नदिएपछि यो कसरी लाउन्ड्रिङ भयो?’ उनले प्रश्न गरे।

उनले भने, ‘पैसा धारामा लान दिनुहुन्न। पैसा ढिकीमा लान दिनु हुन्न। वासिङ मेसिनमा हाल्न दिनुहुन्न। निकाल्ने बितिक्कै समाउनु हुन्छ। यहाँ त मौका नै छैन। मुसो निस्कने दुलोमा यत्रा साँचो थापे जस्तो गरी बसेर। जुन पैसा चै आएर बसेको लुकेको त्यो पैसा बाहिर निस्कनै नदिने ?’

dhankutakhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *