Loading...
अमर शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषित गर्न जोडदार मांग

जासस
जनकपुुरधाम, माघ १५ गते । प्रथम गणतन्त्रवादी अमर शहीद दुर्गानन्द झाको ५५ औं बलिदान दिवसको अवसरमा सोमवार अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा आयोजित बलिदान दिवस समारोहले एक सर्वसम्मत प्रस्ताव पारित गरी उहांलाई राष्ट्रिय विभूति घोषित गर्ने मांग गरेको छ ।
स्मारक निर्माण समितिको अध्यक्ष बरिष्ठ पत्रकार राजेश्वर नेपालीले अमर शहीद दुर्गानन्द झाको प्रेरणाप्रद बलिदानमाथि वृहत प्रकाश पार्दै शोषण, दमन र उपेक्षा अन्तको लागि सयौं शहीद जन्माउने महान शहीद दुर्गानन्द झा पौने तीन करोड नेपालीका माझ प्रथम गणतन्त्रवादी शहीद रहनु भएकोले नेपाल गणतन्त्र घोषणाको लगतै २०६५ अषाढ ९ गते जनकपुुर बौद्धिक समाजद्वारा स्थानीय बुद्धिजीविहरुका एक भेला गराउंदा मेरो अध्यक्षतामा सात सदस्यीय अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको थियो । २०६६ श्रावण ९ मा निर्माण समितिको मांग अनुसार स्मारक निर्माण गर्न जानकी मन्दिर गुठी कार्यालयद्वारा मन्दिर अगाडिको पार्क (फूलवारी) मा लिखित रुपमा जग्गा जानकी मन्दिरका महन्थबाट उपलब्ध गराएको थियो र त्यसको दोश्रो सप्ताह श्रावण २१ गते दुर्गानन्द झाकी धर्मपत्नी तत्कालिन संविधानसभा सदस्य काशीदेवी झाद्वारा स्मारकको शिलान्यास गराइएको थियो ।
अध्यक्ष नेपालीले दुर्गानन्द झाको पूर्ण कदको प्रतिमा निर्माण भैसकेको स्मारकको जग परेपछि निर्माण कार्य २०६७ चैत्र ८ मा जनकपुुर पुनरावेदन अदालतद्वारा निर्माणमा रोक लगाइएकोले हामीले चाहंदा चाहंदै पनि निर्माण स्थगित गर्नु परेको थियो । निर्माण कार्य माथि लागेको रोक खारेज भई सकेको ले अव सवैको सद्भाव रहे उनको जयन्ति सम्ममा स्मारक निर्माण गर्न सकिन्छ । स्मारकको लागि आफैले रु.११११।– दिएर अरुलाई हाथ जोड्दा पनि २,८५,०२१।– मात्र चन्दा वसुली भएको र जिविसले रु.२ लाख ५० हजार र श्रीमति काशीदेवी झाको विकास अनुदानबाट रु.१ लाख ५० हजार गरी कूल रु.६,८५०२१।– सहयोगी विकास बंैकमा जम्मा भएको र त्यसमध्ये प्रतिमामा रु. २ लाख ५० हजार दिनुका साथै शिलान्यासमा रु.४,४००।– र जग निर्माणमा रु.७७,९६०।– गरी कूल रु.३,३२,३६०।– खर्च भै रु.३,५२,६६१।– बंैक खातामा रहेको प्रष्ट पार्नु भएको भयो ।
उहांले प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषित गर्न जोडदार मांग गर्दै उहां समेतका सम्पूर्ण ज्ञात अज्ञात शहीदको भावना अनुसार संविधान शंसोधन गर्नु अति आवश्यक रहेकोमा जोड दिनु भयो ।
उंहाले महान शहीद दुर्गानन्द झा समेतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुका बलिदानले आज देश गणतन्त्र भैसकेकोले अब पनि उहांको स्मारक निर्माणमा कोही बाधक बन्नु आफै मूर्ख बन्नु हुनेछ । तसर्थ अब सबैले मिलेर महान विभूति दुर्गानन्द झाको स्मारक निर्माण गर्नु नै उहांप्रतिको सच्चा श्रद्धांजलि हुनेछ।
वरिष्ठ अधिवक्ता युगलकिशोर लालले क्रान्तिकारी दुर्गानन्दको वलिदान गुलामीको विरुद्ध थियो तर जसलाई समान्तामा विश्वास छैन उसले शहिदहरुको सम्मान के गर्छन् ? गंगालाल,धर्मभक्त,दशरथचन्दं र शुक्रराजले राणा विरुदको आन्दोलन गर्दा राजाले सहयोग गरेका थिए भने गणतन्त्रका प्रथम शहीद दुर्गान्द झा राजातन्त्र समाप्तिका लागि वलिदान दिएकोले उंहाले गणतन्त्रका प्रथम शहीद मानिएको प्रष्ट पार्नु भयो ।
कामेश्वर पाण्डेले गणतन्त्र नेपालमा पनि शहीदहरुलाई सम्मान गर्न नसकेकोले नै आज देशमा राजनैतिक अस्थिरता र अस्त व्यस्तता रहेकोले शहिदहरुको सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।
प्रा.हरेकृष्ण साहले शहिदको योगदानलाई सवैले सम्मान गर्नु पर्दछ ।
वरिष्ठ साहियतकार रामस्वार्थ ठाकुरले भन्नुभयो दोधारे कुरा छाडेर सबै मिलेर अमर शहीद दुर्गानन्दको स्मारक निर्माण गर्नु पर्दछ। चन्द्रशेखर रायले शहीदहरुमा भेदभाव गर्नु हुंदैन र शुक्रराज,धर्मभक्त,गंगालाल जस्तै दुर्गानन्द झालाई सम्मान दिनु
पर्दछ । समारोहमा रामरत्न यादव,इन्द्रकुमरा मधेशानन्द,तोयाराज घिमिरे,प्रेमविदेह ललन,श्रीनारायण साह,रुन्द्र कुमार झा,उपेन्द्रभगत नागवंशी,अधिवक्ता अवधकिशोर प्रसाद र भोगेन्द्रलाल कर्णलगायतका वक्ताहरुले विचार व्यक्त गरेका थिए भने शहिद दुर्गानन्दको वलिदान प्रति श्रद्धांजलि रुवरुप कविहरुले कविता पाठ गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *