Loading...
स्थानियले भन्छन सिमा मिचेको छैन, नेताहरुले भन्छन मिचेकै हो, यस्तो छ राजनीति खेल !

शिवजी सोनी

राष्ट्रवादीहरूले हिजो-आज एउटा नयाँ खेल लिएर आएछ्न, विरगन्ज छपकैयामा (भारतले सिमाना मिचेको भन्ने भ्रमित खेल) आफूलाई मात्रै देशको चिन्ता छ भनेर एकल जातिय तथा नश्लिय चिन्तन बाट ओतप्रोत भएका र साथै तथाकथित मिडिया र त्यसका अाडमा चाडैं नै ठुलो नेता बन्ने एउटा ठुलाे हाेड चलेकाे छ तसर्थ अब यो रमिते र फोक्सबाजी नाटक अविलम्ब बन्द हुनुपर्द्छ हैन भने अब हामी मधेसी (सिमाको रक्षक) कोअस्मिताको सवाल छ, तपाईंहरूलाई मात्रै आफ्नो भुमीको माया छ हामीलाई छैन । यदि साच्चिकै हिम्म्त छ भने चीनको सिमानामा गएर त हेर त्यहा हजारौं हेक्टर नेपालको जग्गा चिनले मिचेको छ र पनि त्यहा कुनै राष्ट्रवादीहरू जान्दैनन् तर यहाँ दिनै पिच्छे राष्ट्रिवादीहरूको ओइरो लागेको छ। हाम्रा भूमी सुधार तथा सिमाका राष्ट्रसेवक कर्मचारीहरूले पटकपटक सिमा मिचिएको छैन भन्दा भन्दै पनि विभिन्न प्रमाणहरू हेराउदा हेराइदै पनि राष्ट्रियताको बेमौसमी बाजा बजाइरहेका आ -आफ्ना पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरू सङ्ग विनम्र अनुरोध छ कि म लगायत यश क्षेत्रका जन्ता तथा नेताहरू पनि यो विषयमा सजग छौ तसर्थ पून: यस्ता गतिहिन क्रियाकलापहरू बन्द गरिनु पर्दछ। हैन भने सेनालाई भारत सङ्ग युद्ध लड्न पठाउनुपर्दछ। यो हाम्रो भुमी हो हामीलाई हाम्रो भूमी आफ्नो प्राण भन्दा प्यारो छ र अन्त्यमा सबै लाइ बाबा पशुपतिनाथले सद्बुद्धी दिउन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *