Loading...
वाम गठबन्धनमा दरार उत्पन्न हुने भएपछी सुष्मा स्वराजको नेपाल भ्रमण रद्ध

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण रद्ध भएको छ ।

स्वराज विहीबारदेखि ३ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने अन्तिम तयारीमा थिइन् । उनको भ्रमणले वाम गठबन्धनमा दरार उत्पन्न हुने देखिएकोले भ्रमण रद्ध गरिएको दिल्लीस्थित भारतीय विदेश मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

यद्यपी, यसबारे औपचारिक निर्णय राति ९ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकारबीचको छलफल मात्रै हुने उच्च स्रोतको दाबी छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको इच्छाअनुसार स्वराज नेपाल आउन लागेको खबर आज सार्वजनिक भएसँगै वाम गठबन्धनभित्र खैलाबैला भएको छ ।

माओवादी यसबारे असन्तुष्टि जनाएका बेला भ्रमण नै स्थगित हुन पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *