Loading...
यस्तो छ भारतको चरित्र, मधेशी नेताहरुलाई सुस्मा स्वराजले दिइन यस्तो जवाफ

रबिन्द्र कुमार मधेशी

नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिहीबार राति सोल्टी होटलमा मधेसी नेताहरुसँग सामूहिक भेटवार्ता गरेकी छिन्।
भेटमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित थिए।
राजपा नेता राजकिशोर यादवका अनुसार नेताहरुले संविधान संशोधनको विषय उठाउँदा स्वराजले यो तपाईँहरुको आन्तरिक मामिला भन्दै पन्छिएकी थिइन्।
अघिल्लो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधान संशोधनका लागि भारतले पहल गरिदिने वाचा गरेकी थिइन्। केपी ओली नै प्रधानमन्त्री छँदा भारतले तत्कालीन परराष्ट्र मन्त्री कमल थापामार्फत् भारतले चाहेको संशोधनको चार बुँदा पठाएको थियो।
त्यतिमात्र होइन, भारतको संसदमा नेपालमा गरिएको नाकाबन्दी बारे बहस हुँदा उनै स्वराजले नेपालको नेतृत्वले आफूले दिएका सुझावलाई बेवास्ता गर्नु नै अहिलेको संकटको कारण भएको दावी गरेकी थिइन्। उनले संविधान संशोधनमा भारतको चासो पनि स्पष्ट राखेकी थिइन्।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनसँगै ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि भने भारतले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको संकेत मधेसी नेताहरुसँगको भेटका क्रममा स्वराजको युटर्नबाट देखिएको छ।
यसअघि बालकोटमा भएको एमाले-माओवादी पार्टी एकता गर्न बनेको समितिको बैठकमा ओलीले स्वराजलाई आफूले नै निमन्त्रणा दिएको बताएका थिए।
राजपा नेता राजकिशोर यादवका अनुसार स्वराजसित भेटका क्रममा उनले मधेसी नेताहरुलाई मिलेर निर्वाचन लडेको र परिणाम राम्रो आएकोमा भारत खुशी भएको बताएकी थिइन्। परेको बेला सहयोग गर्न भारत तत्पर रहेको पनि उनले बताएकी थिइन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *