Loading...
एमालेका नेता कार्यकर्ता आक्रोशित, शीर्ष नेताबीच गम्भीर छलफल, पार्टी एकता नहुने संकेत

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच वाम एकता हुँदा दुबै दलका नेता कार्यकर्ताले एकअर्कालाई आक्षेप नलगाउने, एक अर्काविरुद्ध टिप्पणी नगर्ने सहमति भएको थियो । तर, शुक्रबार उक्त सहमतिविपरित माओवादी अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट एमाले अध्यक्ष ओलीलाई आक्षेप लगाउने स्टाटस सार्वजनिक भयो । प्रचण्डका पीए मनहरि तिमिल्सनाले ओलीलाई भारतीय दलालको संज्ञा दिँदै सार्वजनिक गरेको फेसबुक सम्वाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसै विषयमा एमालेमा भने हंगामा भएको प्रचण्डको सचिवालयबाट लागेको आरोपले नेता कार्यकर्ता आक्रोशित भएका बेला अध्यक्ष ओलीको निवास बालकोटमा एमालेका शीर्ष नेताबीच यसबारे गम्भीर छलफल भएको छ ।

ओली निकट उच्च स्रोतका अनुसार यस्तै गतिविधी गर्न खोजिए एकता गर्न नसकिने निष्कर्षमा नेताहरु पुगेका छन्। बैठकमा ओलीले प्रचण्डलाई फोन गरेर मनहरि तिमिल्सना एकताको विरोधी भएकाले हटाउन भनेको स्रोतको दाबी छ ।

छोरा प्रकाश दाहालको निधनपछि प्रचण्डको निजी सचिवालय तिमिल्सनाले चलाउँदै आएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *