Loading...
कडा आलोचना भइरहेको केपी ओलीलाइ नारायणकाजीले दिए काउन्टर, यस्तो छ भनाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्मन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक मर्यादाविपरित विदेशी मन्त्रीसँग भेट गरेको भन्दै वाम गठबन्धनका शीर्ष नेताको आलोचना गरेका छन् ।

दुईदिने भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग एमाले अध्यक्ष एवं भावी प्रधानमन्त्री ओलीले परराष्ट् मन्त्रालयलाई जानकारी नदिइ कुटनीतिक मर्यादा विपरित होटल सोल्टीमा भेट गरेपछि श्रेष्ठले असन्तुष्टि जनाएका हुन् । यस विषयमा उनले शुक्रबार र शनिवार अलग अलग ट्वीटमार्फत असन्तुष्टि पोखेका छन्।

पूर्वप्रधानमन्त्री भइसकेको र भावी सत्ताको नेतृत्वको तयारीमा रहेका ओलीले नेपाल सरकारलाई जानकारी नगराई भारतकी विदेशमन्त्रीलाई भेटेपछि उनको कडा आलोचना भइरहेको छ । यही सिलसिलामा नारायणकाजीले ओलीलाई काउन्टर दिएका हुन् ।

यस्तो छ नारायणकाजीद्वारा शनिवार गरिएको ट्वीट:

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *