Loading...
एमाले र माओबादीमा अध्यक्षको कुरा मिलेन, एकता सरकार निर्माणपछि मात्र, एकता नहुने संकेत

एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ, नयाँ सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए ।

‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान नयाँ सरकार गठनमा केन्द्रित हुनेछ ।’ ती नेताले भने ।

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ ।

ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *