
२०६३ सालमा जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई अहिले कुन प्रकारको नागरिकता प्रमाणपत्र प्रदान गर्ने भनि विभिन्न बहानामा नागरिकता प्रदान नगरिदा लाखौका संख्यामा युवाहरु नागरिकता विहिनताको समस्या झेल्दै आएका छन् । बाबुको जन्म नेपालमा भएको प्रमाणित भए पछि मात्र जन्मको आधारमा नागरिकता प्रमाणपत्र पाए पछि सन्तानले स्वतः बंशजको नागरिकता पाउनु पर्ने हो,तर कानुनी बहाना बनाउदै स्थानिय प्रशासनले नागरिकता नदिएकोले कानूनी सहयोग गर्ने अधिवक्ता दीपेन्द्र झा ,रुपन्देही थर्ड एलायन्स संस्था र संघिय समाजवादी फोरम नेपाल क्षेत्र न • २ को पहलमा यही २४ गते बुधवार बुटवल तथा आसपासका क्षेत्रहरुमा नागरिता बाट बन्चित रहेका ब्यक्तीहरु आफ्नो कागजपत्र का साथ सम्पर्क गर्नहुन जानकारी गराइन्छ I
नागरिता बाट बन्चित युवाहरु उच्च शिक्षा हासिल गरे पनि शिक्षाको सदुपयोग गरि विभिन्न सरकारी तथा गैरसरकारी निकायमा काम गर्न नपाएको,नागरिकता नभएकै कारण उद्योग ब्यवसाय दर्ता गर्न नसकेको र बैदेशिक रोजगारी जानलाई समेत समस्या सृजना भएको हुदा तत्काल नागरिकता विहिनताको समस्या हल गर्न सबै सरोकारवाला निकायको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउन लागि परेका छन ।
अशोक बर्माको फेसबुक वालबाट
Facebook Comments