Loading...
उपेन्द्र यादवको एउटा निर्णयले ३ करोड नेपालीमा चर्चा चुलियो, ३ ठूला दलले सिख्नुपर्ने भनाइ

सरोज खिलाडी

नेपालको इतिहासमा मुस्लिम समुदाय नेपाली काङ्ग्रेस,एमाले र माओवादीको भोट बैंकको रुपमा उपयोग भइरह्दा सङ्हिय समाजवादी फोरम नेपालका केन्द्र अध्यक्ष उपेन्द्र यादवको एउटा निर्णयले राजनितिक वृतमा उथलपुथल ल्याएको छ । नेपालको इतिहासमा सदियौदेखि नभएको र कसैले नसोचेको कार्यको थालनी उपेन्द्र यादवबाट भएको छ ।

पार्टीका केन्द्र उपाध्यक्ष मोहम्मद लालबाबु राउतलाई प्रदेश न: २ बाट संसदीय दलको नेता बनाई मुख्यमन्त्रीका लागि लगभग पक्का भइसकेको अवस्थामा अहिले समाजिक संजाल फेसबुक देखि बाटो, गाडि लगायत तिन ठूला दलमा समेत उपेन्द्र यादवको चर्चा भैरहेको छ । हिजो सम्म यादवको पार्टी फोरम हो भन्ने को मुखमा यादवले ताल्चा झुण्डयाइदिएका छन् । सिके राउत, माओबादिका राम कुमार शर्मा लगायत अन्य तिन ठूला दलका नेताहरुले फेसबुक मार्फत उपेन्द्रको प्रशंसा समेत गरेका छन् ।

यस अघि फोरम नेपालले प्रदेश प्रमुखमा रत्नेश्वर लाल कायस्थ, र रास्ट्रीय सभा सदस्य मा रामप्रित पासवानलाइ निर्बिरोध निर्वाचित समेत गरिसकेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *