Loading...
सुष्मासंग ओलीले यस्तो प्रतिबद्धता जनाएपछि ओलीलाई प्रधानमन्त्री बनाउन भारत सक्रिय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ले आफ्नो सक्रियता बढाएको छ ।

रअ का नेपाल स्टेशन प्रमुख अभिजीत हल्दरले ओलीको नेतृत्वमा मधेसवादी दललाई मिलाएर सरकार बनाउन प्रमुख भुमिका निर्वाह गरिरहरहेका छन् । ओलीलाई समर्थन गर्न हल्दरले मधेशी दललाई दबाब दिइरहेको उच्च स्रोतले बतायो। भारतले वाम गठबन्धन भ‌त्काउन खेल गरिरहेको समाचारहरु आइरहेको बेला अचानक भारतले केपी ओलीलाई समर्थन गरेर प्रधानमन्त्री बनाउन लबिङ थालेको हो ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणपछि अचानक भारत र ओली एक अर्काप्रति बिश्वस्त हुँदै गएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको क्रममा ओलीले ४५ मिनेट ‘वान टु वान’ गोप्य वार्ता गरेका थिए । भेटमा सुष्मासँग ओलीले पञ्चेश्वर, बुढीगण्डकी, फास्ट ट्रयाक, जनकपुर अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगंज अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा भारतलाई दिने प्रतिबद्धता जनाएका थिए ।

साथै भेटमा ओलीले नाकाबन्दीको बिषयमा माफी पनि मांगेका थिए र आफू प्रधानमन्त्री बनेपछि सार्बजनिक रुपमै नाकाबन्दीको लागि भारत र नेपाली जनतासँग माफी माग्ने प्रतिवद्धता ब्यक्त गरेको स्रोतको दाबी छ । स्वराज दुर्इ दिने भ्रमण सकेर स्वदेश फर्किएलगत्तै दिल्लीबाट आएको निर्देशन अनुरुप नै ‘रअ’ प्रमुख हल्दार ओलीको नेतृत्वमा सरकार बनाउन सक्रिय भएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *