
रौतहट, माघ २३ गते, साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तली को पहलमा विभिन्न सुविधा सम्पन्न भएका बस्ती निमार्ण गरेका छन । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको नमुना बस्तीलाई आन एक कार्यक्रम गरि राष्ट्र पति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन । राष्ट्रपति भण्डारीले सन्तपुर नमूना बस्ती निर्माण समिति का अध्यक्ष सन्तराम माझीलाई बस्तीको चाबी हस्तान्तरण गरेकी हुन् ।
गत असोज ४ गते निर्माण सुरु गरिएको नमूना बस्तीमा भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर रहेका छन्। त्यस्तै, नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यु टावरसमेत निर्माण गरिएको छ। करिब पाँच करोड ९६ लाख को लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिन रात आफैँ खटेर काम गर्दै आएका थिए। यो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचना अनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए। धुर्मुस– सुन्तली फाउण्डेशनले निर्माण गरेको यो चौथो एकीकृत बस्ती हो। कार्यक्रममा प्रमुख अतिथिको उपमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको कलाकार भएर पनि सामाजिक कार्यमा अग्रसर भई अरुले गर्न नसकेको काम गरेको र सरकारलाई नै चुनौती दिएको भन्दै सो कार्यको प्रशंशा गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले यस्तो कार्यले अन्य धेरैले सिक्नुपर्ने पनि बताएकी थिइन् ।
Facebook Comments