Loading...
फोरम-राजपाको निर्णयहरु देखेर कांग्रेस एमालेको दिल र दिमागमा लागेको आगो सडकमा देखियो !

सरोज खिलाडी

मङगलवार जनकपुरको जानकी चोकमा स्थानिय युवाहरु भनिने केहि कांग्रेस एमालेका कार्यकर्ताहरु मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्ग भाषाको रुपमा रहेको हिन्दि भाषामा प्रदेश सभामा बोलेपछि आक्रोशित कांग्रेस एमालेका कार्यकर्ताहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला बनाई दहन गरेको थियो । तर कुरा बुझ्दै जादा बिगतको तुलनामा अहिले संघीय समाजबादी फोरम नेपाल र रास्ट्रीय जनता पार्टी नेपालले परिपक्क भएर एकमा एक राम्रा राम्रा निर्णयहरु गर्न थाले पछि ५ बर्ष सम्म हातमा दहि जमाएर बस्नुपर्ने अबस्था अहिले आएको हुनाले कांगेस एमालेले निहु मात्र खोजेको रहेछ । कांग्रेस का एक जना जनकपुरका युवा नेता जो म संग नजिक छन् उनले भने हामि पनि छौ है पार्नलाइ मात्र बिरोध भएको हो । नत्र भने भोजपुरी बुझनेले मैथिली बुझ्दैन र मैथिली बुझनेले भोजपुरी। आखिर मा कि त नेपाली बोल्नु पर्यो कि त हिन्दि ।
फोरम नेपाल ले रास्ट्रीय सभा देखि प्रदेश प्रमुख हुदै मुख्य मन्त्रि मा समेत अन्य जातजाति वा दलित देखि अल्पसंख्यक सम्म लाइ मौका दिने भएपछी मधेश मा आउदो दिनमा कांग्रेस एमाले को पत्ता साफ हुने देखिन्छ । त्यसैले यो बिरोध मनलाई शान्त पार्नको लागि भएको हो । हिन्दिको लागि मधेशमा बिरोध हुने भए तत्कालिन उपराष्ट्रपति परमानन्द झाले हिन्दि मा सपथ ग्रहण गरेपछि स्वागत हुने थिएन बिरोध हुने थियो जुन कि पहाड मा मात्र भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *