
काठमाडौं । आज निर्वाचन आयोगले समानुपातिक मतपरिणाम निकालेपछि सबै दलले आइतवार सम्म आपनो पार्टीको अन्तिम नामवली बुझाउन कसरत थालि सकेका छन् ।
यसमा संघिय समाजवादी फोरम,नेपालको तर्फबाट एक पुरुष प्राप्त गर्ने भएको छ । पार्टीबाट यो एक कोटामा विषेशत दुई जनाको नाम बजारमा आएको छ । पार्टीले भने यसबारे निर्णय लिएको छैन । पार्टीको उच्च स्रोतका अनुसार सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको नाम पक्कापकी भएको जानकारी दिएको छ । स्रोतका अनुसार सचिव पर्शुराम बस्नेतपनि आपनो दाबेदारी भने छाडेका छैनन् ।
बिगतको प्रदेशको समानुपातिक सुचि र क्लष्टरलाई हर्ने हो भने पर्शुराम बस्नेतको नाम पर्ने पनि उत्ति कै सम्भावना रहेको छ । तर कुन क्लष्टरलाई पहिलो भन्ने बारे दुबिदा भएको पार्टी एक नेताले जनाए । उनले भने खस नै पहिलो हो भने पर्शुराम बस्नेतको नाम पर्ने पक्का भएको छ । होइन भने राजेन्द्र जी हामी सबैले सोच कै हो ।
Facebook Comments