Loading...
उपेन्द्र यादव सहित यी चार नेताहरु जसको हातबाट बन्न सक्छ देश !

गोकर्ण बराल

राष्टिय सभाको निर्वाचन सम्पन्न भएसगैं अब सबैको ध्यान संधीय सरकारतिर सोझिएको छ । प्रादेशिक र संघीय सरकार निर्माणमा एमाले —माओवादी गृहकार्य तीव्र बनिरहेको छ । सबैजसो प्रदेशमा मुख्यमन्त्री चयन भई सकेका छन् । २ नं प्रदेशमा बाहेक सबै प्रदेश सरकार ओली र प्रचण्डका खास नेता चुनिएबाट एकतापछि बन्ने पार्टीका प्रमुख सञ्चालक ओली र प्रचण्ड नै हुन् भन्नेमा अब दुबिधा पाल्नु पर्ने अवस्था रहेन । यही बेला मुख्य मधेशवादी दल संघीय समाजवादी दल पनि अब बन्ने ओली नेतृत्वमा बन्ने संघीय सरकारमा सामेल हुने सो दलका अध्यक्ष उपेन्द्र यादवले बताई सकेका छन् । यो सगैं प्रचण्डलाई अघि सारेर बाम गठबन्धनलाई भत्काउने कांग्रेसी चलखेल र सो चलखेललाई धुमाउरो पाराले मलजल गरिरहेका बाम गठबन्धनका केही नेताको सपना पनि चकनाचुर भएको छ । घुम्दै घुम्दै नेपालको राजनीति अब के पि ओली, प्रचण्ड, ईश्वर पोखरेल र उपेन्द्र यादवको कमाण्डमा आईपुगको छ ।

के पि ओलीको राजनीति सञ्चालनका ए वन खेलाडी बनेर नेपालको राजनीतिको शिखरमा पुगेका छन् । उनका लागि राजनीति सञ्चालन गर्नु प्रसिद्ध अंग्रेजी साहित्यकार जेम्स ज्वायसका शब्दमा“मासु पसलेले मासु चलाएजस्तै” हो । आफू प्रधानमन्त्री हुँदा देशलाई आफ्नो खुट्टामा उभ्याउन उनले अगाडि सारेका अडान, सोच र भिजनलाई नपाली जनताले मन पराएर उनलाई पाँच बर्ष शासन गर्ने अवसर प्रदान गरेका छन् । हिजो फरक फरक कित्तामा रहेका राजनीतिक शक्तिहरु उनकै नेतृत्वमा आज एकै ठाउँमा उभिने परिस्थिति बनेको छ । उनले यसलाई निरन्तरता दिन सके भने देशको अग्रगामी रुपान्तरणको प्रमुख कारक यही हुनेछ ।

सामाजिक रुपान्तरणको नयाँ एजेण्डा बोकेर नेपाली राजनीतिमा उदाएका प्रचण्डले एमाले माओवादी एकतालाई निष्कर्षमा पुर्याउन गरिरहेको भगिरथ प्रयत्नलाई नेपाली जनताले मुक्त कण्ठले प्रंशसा गरिरहेका छन् । बाम गठबन्धन फुटाउन नेपाली कांग्रेसले उनका अगाडि ल्याएका प्रधानमन्त्रीको पदको किस्ति अस्वीकारेका उनको अगाडि अब बन्ने सर्व शक्तिमान पार्टीको एक सर्व शक्तिमान चालकको जिम्मेवारी प्राप्त हुदैछ । उनले त्यही स्थानबाट सरकार सञ्चालनको समेत गेयर हान्नेछन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पार्टी संगठन सञ्चालन र व्यवस्थापनमा ईश्वर पोखरेल सबभन्दा अब्बल छन् ।ओलीको राजनीतिक कुशलता र पोखरेलको सांगठानिक एवं व्यवस्थापकीय पोक्तताले एमालेले सम्पन्न चुनाबमा सफलता प्राप्त गर्न सक्यो । आगामी सरकार जतिसुकै मजबुत बने पनि त्यसलाई पार्टी संगठनले थाम्नु पर्ने हुनाले एकता प्रक्रिया र एकता पछि त्यसको व्यवस्थापनमा उनको प्रमुख भूमिका हुने निस्चित छ ।

उपेन्द्र यादव मधेश आन्दोलनका सर्वमान्य शीर्ष नेता हुन् । उनको नेतृत्वमा सिर्जना भएको मधेश आन्दोलनको न्यानो राप पछि अरुले पनि तापेका हुन् । बाम राजनीतिक पृष्ठभूमि भएका उनी बाम गठबन्धन सरकारको अर्को प्रमुख हिस्सेदार बनेर नै जन-भावना अनुसार संविधान संसोधन, संघीयताको सवलीकरणमा एतिहासिक योगदान गर्न सक्छन् ।

newsbihani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *