Loading...
शेरधन मुख्यमन्त्री बनेपनि बाह्रहात उफ्रिराख्नु पर्दैन, “कागलाई बेल पाक्यो हर्ष न बिस्मात”

शेरधन राई एमालेको प्रदेश संसदिय दलको नेता चुनिएपछि मुख्य मन्त्री हुने बाटो खुलेपछि मुख्यमन्त्री हुनेभो भनेर अरुपो बाह्र हात उफ्रिरहेको देखे।
कोहि अादिवासी हुनेभो भनेर,
कोहि राई हुनेभो भनेर,
कोहि राईको पनि बान्तवा भनेर,
कोहि भोजपुरे भनेर,
त कोहि भोजपुरेको पनि पसलभन्ज्याङको भनेर

म पनि अादिवासी,
म पनि राई,
म पनि बान्तवा,
म पनि भोजपुरे,
म पनि पसलभन्ज्याङ्ग छेवैको
तर मलाई हर्ष न बिष्मत

अब खुशिले उफ्रनेहरुलाई प्रश्न
# के शेरधन राई मुख्यमन्त्री भएपछि सधैभरी तपाईहरुलाई भात खुवाउदै पाल्नु हुन्छ?
मुख्यमन्त्री भएपछि बे गर्छु भन्नुहुन्थ्यो रे। बे गरिहाल्नु भो भने जन्ति जान पाउनु होला भोजभतेर खान पाउनु होला।त्यसैको लागि यत्ति खुशि? हैन भने
# के प्रदेश नं १ लाई पहिचानमा अाधारित नामाङकन गर्न सक्नुहुन्छ त?
# के प्रदेश नं १ मा बहुभाषिक नीति लागू गर्नुहुन्छ त?
# के प्रदेश नं १ मा भएको जातिय, बर्गीय, लैङ्गकि लागायत अन्य सबै समस्याको समाधान गर्नुहुन्छ त?
# के प्रदेश नं १ मा जनसंख्याको अाधारमा हरेक निकायमा समानुपातिक समाबेशीता लागू गर्नु सक्नुहुन्छ त?
# के प्रदेश नं १ मा भएको एतिहासिक क्षेत्रहरु हटुवागडि लगायत अन्य थुप्रै स्थानहरु सरकारद्वारा विभिन्न समयमा हस्तक्षेप गरि ईतिहास स्वाहा पारिएको छ। ती स्थानहरुलाई पुन संरक्षण सम्बर्द्धन गर्न सक्नुहुन्छ त?
# के प्रदेश नं १ लाई अपराध मुक्त प्रदेश बनाउन सक्नुहुन्छ त?
# के प्रदेश नं १ भूबनोत अनुसारको ब्यबस्थित बिकास गर्न सक्नुहुन्छ त?
# के प्रदेश नं १ मा पहिचानमा अाधारित बिश्वबिद्धालयहरु स्थापना गरेर शैक्षिक केन्द्रको रुपमा बिकास गर्न सक्नुहुन्छ त?
# के प्रदेश नं १ का सम्पुर्ण बेरोजगार युवालाई रोजगार दिलाउन सक्नुहुन्छ त?

तर जे भएपनि मुख्यमन्त्री भएपछि उहाको तलब बढछ। त्यसको लागि शुभकामना!

हाङ्खिम वरदानको फेसबुक वालबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *