Loading...
फोरम-राजपाबीच भयो सहमति, मो. राउत मुख्यमन्त्री, कसले कुन मन्त्रालय लिने ? (सहमति पत्र)

२७ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच २ न. प्रदेशको पद भागवण्डा मिलेको छ । प्रदेश न. २ मा दुई दलको संयुक्त सरकार बन्ने निश्चित भएको छ ।

आज फोरम नेपालको कार्यालय तीनकुनेमा भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमति अनुसार फोरमले मुख्यमन्त्री सहित उपसभामुख र तीन मन्त्रालय लिनेछ भने राजपाले सभामुखसँग भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ ।

फोरम नेपालले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।

अब फोरम नेपाल का नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *