Loading...
प्रचण्डको अर्को फड्को यस्तो छ ! नया योजनाका साथ् प्रचण्ड नया सोच लिएर अगाडि बढ्दै

स्थानीय निर्वाचनमा काग्रेसको प्यारो बनेका प्रचण्ड प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा एमाले सगको तालमेलले  निक्कै चर्चा नै पाएको थियो । कतिपय माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले अध्यक्ष केपि वलीलाइ युग पुरुष भन्दै भाषण गरेका समेत थिए ।

मुलुकको पछिल्लो राजनीतिक घटना क्रमले तालमेलमा तातेका नेता कार्यकर्ताको खुसी खोसिने स्थिती बन्दै गरेको हो कि भन्ने अन्यौलता बढेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुलाइ कसैले व्यंग्य नगर्न आग्रह गर्दै एमाले छोडेर काङ्ग्रेस सग मिल्न सक्ने सकेत गरेका छन । शनिवार चितवनमा बोल्दै उनले भने ‘मलाई व्यग्य गर्न आवश्यक छैन’  ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ ।

उनले भने प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने मेराे स्वाभाव हाे । भने लगतै मुलुकको राजनीतिले अर्को मोड लिने संकेत गरेको जानकारहरुले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *