Loading...
गायिका सरस्वती लामाले कपडा खोल्दै नाच्न थालेपछि बबाल ! प्रहरीले बल प्रयोग गर्नुपर्यो

माघ २७, बाँके । आज बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको  गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ ।

लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोकिएको हो ।

लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा पुर्‍याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।

.leadingnepalnews.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *