Loading...
एमालेको समानुपातिक सुचिमा पत्नीदेखि दिदि बहिनीको बाक्लो उपस्थिति, बदनाम मधेशी दल !

सरोज खिलाडी

२८ माघ,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले मधेशी दल हरुलाई लाग्ने सबै आरोप को रेकर्ड ब्रेक गरेको छ । खास गरेर सम्धी, सम्धिनी र पत्नीलाई सभासद बनाएको आरोप जनता र खस्बादी पत्रकार तथा मिडियाले मधेशी दल वा खास गरेर राजपा लाइ लगाउने गरेका छन् ।
तर प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले पति पत्नी दाजु भाइको लाइन लगाएका छन् ।
उद्योगी मोती दुगडदेखि नेता पत्नीहरु पनि त्यही समानुपातिकबाट सांसद बनेका छन् । कृष्णगोपाल र विनासँगै रघुवीर महासेठ र जुली कुमारी महतो पति पत्नी दुवैजना प्रतिनिधिसभा सदस्य बन्ने भाग्यमानी दम्पत्ति परेका छन् । महासेठ धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने जुली समानुपातिकबाट सांसद बनेकी छन् ।

उपाध्यक्ष बामदेव गौतमकी पत्न तुलसा थापा, प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ समानुपातिकबाट सांसद भएका छन् । संयोगनै मान्नुपर्छ बिजय सुब्बा र शिबमाया सहोदर दाजु बहिनी एकैपटक समानुपातिकबाट सांसद बनेका छन् ।

फोटो अन्लाइन खबरबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *