
नेफेसो युएई संघीय समाजवादी फोरम नेपालको प्रवाश संगठन “नेपाली संघीय समाज युएई” को पाचौं महाधिवेशनबाट निवर्तमान उपाध्यक्ष बाबु राम लोप्चान तामांङ नयाँ कार्यसमिति २०१८ – २० को लागी अध्यक्षमा चयन भएका छन् l “हामी सबैको नैसर्गिक अधिकार, हरेक निर्वाचनमा प्रवासी नेपालीहरुको मताधिकार !” भन्ने नारा सहित सम्पन्न महाधिवेशनबाट तामांङ अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित भएका हुन् l
उक्त महाधिवेशन समाजका निवर्तमान अध्यक्ष हरी घर्तिमगरको सभापतित्वमा र पार्टीका केन्द्रीय परिषद सदस्य तथा युएई इन्चार्ज डेर राज गुरुङको प्रमुख आथित्यमा गत ९ फेब्रुवरी २०१८ को दिन बरदुबई स्थित एभरेष्ट इन्टर्नेशनल होटलमा सम्पन्न भएको थियो l कार्यक्रममा समाजका भूपू अध्यक्षहरु प्रमोद श्रेष्ठ, पासांङ रिन्जी शेर्पा, प्रमुख सल्लाकार कटक राई तथा सल्लाहकार मोहन तामांङले विशेष अथितीको रुपमा बधाई तथा शुभकामना मन्त्यब्य राखेका थिए l
समाजका विभिन्न जनवर्गीय संगठनका प्रमुखहरु पनि अथितिको रुपमा उपस्थित रहेका थिए l प्रमुख अथितिको रुपमा बधाई तथा शुभकामना मन्त्यब्य राख्दै केन्द्रिय पार्षद गुरुङले देशमा स्थायी शान्ति र स्थायित्व कायम भए मात्रै विकाश र सम्वृद्धिको कल्पना गर्न सकिने र स्थायी शान्ति र स्थायित्व कायम गर्न सबैखाले जनताहरुको पहिचान, पहुँच र प्रतिनिधित्वको विषय सम्वोधन गर्नु पर्ने भएकोले एकोहोरो विकाश र सम्वृद्धिको नारा मात्र रटान गरी रहने अरु पार्टीहरु भन्दा संघीय समाजवादी फोरम नेपालको भिजनले मात्रै देशको वास्तविक विकाश र सम्वृद्धिको चाहाना पुरा गर्ने विचार व्यक्त गरेका थिए l
गुरुङले विभिन्न खाले विभेदहरुको उचित सम्वोधन नगरी कसैले चाहादैमा मात्रै देश सम्मुन्नत हुन नसक्ने भएकोले देश विदेशमा रहेका सबै नेपालीहरु संघीय समाजवादी फोरम नेपालमा आवद्ध हुनुको विकल्प नरहेको जिकिर गरे l
समाजको निवर्तमान सचिव अंचल राईले संचालन गरेको औपचारिक कार्यक्रम तथा उद्घाटन समारोह समाप्त भए पश्चात निर्वाचन समितिका संयोजक पासांङ रिन्जी शेर्पाले बन्द सत्र संचालन गरी विभिन्न प्रतिवेदनहरु माथी छलफल तथा पारित गर्दै निम्नानुसारको नया कार्यसमिति निर्वाचित भएको घोषणा गरिएका थिए l केन्द्रिय प्रतिनिधि : श्री प्रमोद श्रेष्ठ अध्यक्ष : श्री बाबुराम लोप्चन तामाङ वरिष्ठ उपाध्यक्ष: तेज राई उपाध्यक्ष : अन्चल राई उपाध्यक्ष (खस-आर्य)- नवराज घिमिरे उपाध्यक्ष (महिला) – भवगती चाम्लिङ राई उपाध्यक्ष (तराई-मधेस) – पछि मनोनित गर्ने महासचिव : शुशिला पुलामीमगर सचिव: दिल कुमार तामाङ कोषाध्यक्ष: लक्ष्मी ढंगोल सह- कोषाध्यक्ष : नरेन्द्र लिम्बू प्रवक्ता: चुमान सिंह दर्लामीमगर सदस्यहरु: शोभा शर्मा यमलाल तामाङ उर्मिला गुरुङ कुनाल लोप्चन रेशम लामा शुष्मा श्रीवास्तव विरेन्द्र राई राम बहादुर थापामगर
Facebook Comments