
२९ माघ,जनकपुरधाम । सभामुख बस्ने आसनको माथि जनआन्दोलनका शहीदको तस्विर मात्र राखिएको भन्दै मधेशवादी दलले आपत्ति स्वरूप बिरोध गर्दै आएपछि प्रदेश २ को प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो टाँगिएको छ ।
मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसदहरुले प्रदेशसभाको पहिलो बैठकमा अवरोध गरेका थिए ।
सभामुखको आसनबाट जेष्ठ सदस्य लगनलाल चौधरीले अर्को बैठकमा मधेश आन्दोलनका शहीदको फोटो पनि राख्न रुलिङ गरे बमोजिम आज प्रदेशसभा बैठक बस्नु भन्दा पहिलेनै कर्मचारीले शहीदको फोटो व्यवस्था गरेका थिए ।
Facebook Comments