
संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाएको छ । एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो।
समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ।
त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन्।
Facebook Comments