Loading...
छैठो महिला साईकल दौडको पहिलो छनौटमा १९ जना महिला छानिए

नरेन्द्र गुप्ता, रौतहट ०३ फागुन छैठौ जिल्ला स्तरिय महिला साईकल दौड प्रतियोगिताको पहिलो छनौट चरण आज सम्पन्न भएको छ ।गौर नगरपालिकाका मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुरले सयूक्त रुपमा रिबन काटी समुदघाटन गर्नु भएको छ । गौर नगरपालिकाको मुख्य प्रायोजनमा राजदेवी मिडिया सेन्टरद्धारा आयोजित उक्त प्रतियोगीताको पहिलो छनौट चरणको उदघाटन गर्दै गौर नगरपालिकाका मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले मलिा शक्ति करणका लागि यस कार्यक्रमलाई गौर नगरपालिकाको निरक्ष्तर सहयोग रहने प्रतिबध्दता ब्यक्त गर्नु भयो । पहिलो छनौट चरणमा सहभागी ११४ जना मध्ये १९ जनाले फागुन ७ गते हुने अन्तिम चरणको लागि छनौट भएका छन । कार्यक्रममा गौर नगरपालिका वडा न ४ का वाडा अध्यक्ष भुनेश्वर साही, युवा नेता ओमप्रकाश साह मधेशीया ,देव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लाल बिहारी साह लगायतका ब्यक्तिहरुले कार्यक्रम संचालनमा सहयोग गरेको थियो राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतको अध्यक्षतामा सम्पन्न सो छनौट चरणको कार्यक्रम संतोष पौडेलले संचालन गरेको थियो । कार्यक्रममा गौरका ट्राफिक इन्चार्ज जगदि प्रसाद सिंहको नेतृत्वमा प्रतियोगिता भएको रुटमा सुरक्षा व्यवस्थापन गरेको थियो । प्रतियोगिताको दोस्रो छनौट चरण शुक्रवार फागुन ४ गते गरुडा र चन्द्रपुरमा हुने छ । अन्तिम चरणको कार्यक्रम आउदो फागुन ७ गते पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज्यूको प्रमुखआतिथ्यमा हुने आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *