Loading...
सपथ ग्रहणसँगै मन्त्रिमन्डल गठन, जानकी मन्दिरको संरक्षण पहिलो दायित्व: मुख्यमन्त्रि राउत

प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । संघीय समाजवादी फोरम नेपालका प्रदेश न. २ का संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा दुई नम्बर प्रदेश सरकार गठन भएको छ ।

अन्य मन्त्रीहरुको टुँगो शुक्रबार लाग्नेछ । फोरमभित्र पनि मन्त्री चयनका विषयमा छलफल जारी रहेको छ भने राजपाले पनि अन्य मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन ।

विहीबार मधेशी गठबन्धनमा आवद्ध फोरम र राजपाको संयुक्त सरकारका मुख्मन्त्रीसँगै मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

फोरमका राउतले मुख्यमन्त्री, कोषाध्यक्ष विजय यादव अर्थमन्त्रीको सपथ लिएका छन् ।

राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनलले भौतिक योजना मन्त्रीको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहन लगतै मो राउतले जानकी मन्दिरको संरक्षण और सौन्दर्यकरणको लागी
कुनै कसर बाकी नराख्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *