
एजेन्सी, फागुन ३ । पञ्जाव नेशनल बैंकमा भएको घोटला काण्डले भारतको राजनीतिक क्षेत्रमा नै ठूलो तरंग ल्याएको छ ।
बुधबार पञ्जाव नेशनल बैंकको मुम्बाईस्थित एक शाखाबाट ११ हजार करोड भारु भन्दा बढीको घोटलामा भारतका चर्चित हिरा व्यापारी निरव मोदी संलग्न भएको पाइएपछि भारतीय राजनीतिक दलहरुमा तरंग पैदा भएको हो ।
उक्त विषयले उग्र रुप लिँदै गएपछि बैंकले पत्रकार सम्मेलन नै गरेको थियो । त्यस्तै, निरव मोदीलाई सरकारले नै संरक्षण गरेको भन्दै भारतीय कांग्रेसले सरकार तथा प्रधानमन्त्रीसँग पाँच गम्भीर प्रश्न गरेको छ ।
कांग्रेसले गरेका ५ प्रश्नहरु
– प्रधानमन्त्री मोदी र घोटलामा संलग्न निरव मोदी यसै महिना दावोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा एकसाथ के गरिरहेका थिए ? (समूहगत फोटोमा निरव र नरेन्द्र मोदी)
– देशको सबैभन्दा ठूलो बैंकमा भएको यतिका ठूलो घोटला काण्डको जिम्मेवार को ?
– घोटलाको बारेमा गत जुलाईमै उक्त घटनाको जानकारी गराइँदा पनि किन कारबाही भएन ?
– बैंकिङ प्रणालीलाई नै छलेर यो घटना कसरी घट्यो ? अडिटर तथा अनुसन्धानकर्ताले देख्दादेख्दै पनि यतिका ठूलो परिमाणको घोटला कसरी छुट्यो ? कसले घोटला गर्नेहरुलाई संरक्षण गरिरहेको छ प्रधानमन्त्री ज्यू ?
– देशको पुरै बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन प्रणाली र घोटला अनुसन्धान क्षमता कसरी फितलो भयो ? भन्ने प्रश्नहरु कांग्रेसले तेर्साएको छ ।
aarthiknews.com
Facebook Comments