Loading...
सपथमा देश भन्न बिर्सेका प्रम ओलीलाई ओबामाको उदाहरण दिदै कमल थापाले दिए यस्तो सुझाब

काठमाडौं । राष्ट्रपतिसंग पद तथा गोपनीयताको सपथ लिने क्रममा नव नियुक्त प्रम केपी ओलीले भन्नैपर्ने शब्द ‘देश’ समेत छुटाएका छन् । ओलीले ‘देश’ शब्द छुटाएपछि राप्रपाका अध्यक्ष कमल थापाले फेरि सपथ लिन सुझाव दिएका हुन् ।

उनले सामाजिक संजालमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्याएर शपथ लिएका थिए। प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द भन्न छुटाउनु भयो। त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु। शपथमा देश छुट्नु राम्रो होईन ।’

ओलीले ईश्वरको नाम नलिन खोज्दाखोज्दै देशसमेत भन्न भुलेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जे भन्यो त्यही सपथ लिनुपर्नेमा उनले ईश्वर शब्द छल्न खोज्दा देश पनि छले ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *