Loading...
बेग्लाबेग्लै दुर्घटनमा एकको मृत्यु, पाँच घाइते

प्रेम गिरी

शुक्रबार राती भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बुढीगंगा गाउँपालिका ३ हुलास वायर फ्याक्ट्री अगाडी राती १० बजेतिर उत्तरबाट दक्षिणतर्फ आउदै गरेको भारतीय एनएल ०१ डि २३६९ नम्बरको लहरीले विपरित दिशाबाट जादै गरेको बा १० च ८२१७ नम्बरको कारलाई ठक्कर दिंदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका ४ बस्ने २५ वर्षीय प्रज्वल दाहाल रहेका छन। त्यस्तै दुहवी ५ बस्ने २६ वर्षीय बिकाश भण्डारी गम्भीर घाईते भएका छन । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । दुर्घटना पश्चात लहरीका चालक फरार भएकाले प्रहरीबाट खोजी कार्य भई रहेको छ । यता बुढीगंगा गाउँपालिका ५ कोशी राजमार्गमा दक्षिणबाट उतरतर्फ आउदै गरेको को २९ प ४१७१ नम्बरको को ६ प ९५७५ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुबै मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन् । घाइतेहरुमा दुबै मोटरसाइकलका चालक बुढीगंगा गाउँपालिका १ बस्ने ३५ वर्षीय विष्णु खड्का र सुनसरी दुहवी नगरपालिका ३ बस्न २० वर्षीय जुबेल राई रहेका छन । घाइतेहरुलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय निमुवामा राखिएको छ । यसैगरी मरोङ बिराटनगर महानगरपालिका १९ मिलन चौकमा राती १०स३० बजेतिर पूर्वबाट पश्चीमतर्फ जादै गरेको को ३२ प ८९९६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना २ प ९३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा स्कुटरमा सवार मोरङ ग्रामथान गाउँपालिका २ झोराहाट बस्ने २७ वर्षीय दिनेश तामाङ र सोही ठाउँ बस्ने ३५ वर्षीय मदन बिष्ट घाइते भएका
छन। दुबै घाइतेलाई नोबेल अस्पताल बिराटनगर लगिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *