
नरेन्द्र साह, रौतहट, ५ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद अनिल झाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन विद्युतीय पत्रिकाका संपादक संजय सहनीलाइ भौतिक कारबाही तथा ज्यान मार्ने धम्की दिएका छन् । सहनी आफ्नो फेसबुक पेजमा राजपा अध्यक्ष मंडलका अध्यक्षद्वय झाले श्रीमतीलाइ मन्त्री बनाउनका लागि अनशनमा बसेको पोस्ट गरेपछि सांसद झाले सहनीको मोबाइल नम्बर ९८५५०४०८७२ मा फोन गरेर धम्की दिएको पत्रकार सहनीले बताएका छन् । अध्यक्ष झाले अपशब्द प्रयोग गर्दै भौतिक कारबाही गर्ने भनी धम्की दिएको पत्रकार सहनीले बताएका छन् । बिहीबार राति १० बजेको समयमा सांसद झाले फोन गरेर धमक्याएको सहनीको भनाइ रहेको छ । फोन रेकर्डमा सांसद झाले मैले अनसन बसेको भनी कसले बताएको जिकिर गरेका छन् । बदनाम गर्ने उद्देश्यले जथाभावी पोस्ट गर्नु उचित नभएको दोहराउँदै झाले भनेका छन्, ‘मैले कसैको आमाले अनैतिक कार्य गरेको भनी पोस्ट गरेपछि के हुनेछ ।’
Facebook Comments