Loading...
चुनाब हार्ने डरले रौतहटबाट काठमाडौँ भागेका माधव नेपाल रौतहट मै सम्मानित, अरु को को छन् ?

नरेन्द्र साह, रौतहट, फाल्गुन ६, पूर्बप्रधानमन्त्रि माधव कुमार नेपालका वडा समेत राजपाका नेताले जितेपछि चुनाब हार्ने डरले काठमान्डौबाट चुनाब लडेका नेपाललाइ रौतहट मै सम्मान गरेका छन् रौतहटको सदरमुकाम गौरमा रहेको नेकपा एमाले रौतहट कार्य समितीद्वारा ७ सांसद सम्मानित भएका छन् । गौरमा आयोजित विशेष कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा सांसद माधव कुमार नेपालसहित सरला यादव ,कल्याणी खड्का , समिना हुसेन, रेखा झा रहेका छन् । यस्तै प्रदेश सभा तर्फ कुन्दन कुश्वाहा, नागेन्द्र यादव र हसिना खातुन रहेका छन् । एमाले जिल्ला अध्यक्ष कमल यादवले नेता नेपाललाई माला र दोसाला ओढाएर सम्मान गरेका थिए । पछि नेता नेपालले पनि अन्य सबैलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा रौतहटका एमाले नेता शम्भु साहको पनि उपस्थिति रहेको थियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *