Loading...
इन्डियाबाट आउने बितिकै प्रजातन्त्र दिवशको अवशर पारेर पूर्व राजा ज्ञानेन्द्रले दिए कडा चेतावनी

काठमाडौँ: राजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आइवार एक शुभकामना वक्तब्य निकाल्दै राजा ज्ञानेन्द्रले अहिलेको राजीतिक व्यवस्थाबाट जनता हैरान भएको टिप्पणी गरेका छन् ।

‘प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुँदैन,’ उनले आइतवार एक विज्ञप्ती निकाल्दै भनेका छन्, ‘२०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको छ ।’

पूर्वराजा शाहले प्रजातन्त्र संस्थागत गर्ने तथा समस्या समाधान निकाल्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएकोमा पनि गुनासो गरेका छन् । ‘प्रजातन्त्र संस्थागत गर्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता पाएनन्’, उनको विज्ञप्तीमा भनिएको छ ।

उनले देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुन सक्ने पनि जिकिर गरेका छन् ।

‘११ वैशाख २०६३ को राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासमा देशको राजनीति अल्झिएको छ ?’, उनले प्रश्न गरेका छन्, ‘अब भने समीक्षा गर्नुपर्ने बेला आइसकेको छ ।’

‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ?’, उनको अर्को प्रश्न छ, ‘कानुनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

पूर्वराजा शाहले सबै नेपाली जनताको भावना समेट्दै देशको राष्ट्रियता तथा राष्ट्रिय एकता समृद्ध बनाउने साधनका रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्नुपर्नेमा पनि जोड दिएका छन् ।

chandrasuryawani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *