Loading...
माधव नेपालले सिधा वार गरे प्रचण्डमाथि र भने- के को पालैपालो, प्रम एउटै हुन्छ नाच्नु पर्दैन

७ फागुन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।

‘एउटै पार्टी भए पछि के को पालो पालो रु आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ सोमबार रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भने ‘त्यस्तो सहमति भएको हो भने त्यो मलाइ थाहा छैन । यस्तो कुराहरु बाहिर बोल्नु हुदैन, पालैपालोको गीत गाउने बेला होइन ।’

बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने उनले बताएका छन् ।

नेता नेपालले पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा राखे । अन्य देशमा यस्तो अभ्याससमेत रहेको बताउदै उनले दुवै जनालाई अवधि तोकेर पार्टी सञ्चालनको जिम्मा दिन सकिने बताए ।

नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने नेता नेपालले बताए ।

स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहटमा पार्टीले व्यहोरेको हारको आफूहरुले समीक्षा गरिरहेको बताउँदै उनले पार्टीलाई थप बलियो बनाउन आवश्यक काम भइरहेको बताए । अनलाइन खबरवाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *