
नरेन्द्र साह,रौतहट।फागुन ७। प्रजातन्त्र दिवसको अवसरमा हरेक साल जस्तै यो साल पनि राजदेवी मिडिया सेन्टरको आयोजनामा संचालित ६ अौं महिला साईकल दौड प्रतियोगिताका उपाधि अन्जली चौधरीले हात पारेकी छिन। प्लान नेपाल , देव चन्द्र सहकारी संस्था ,गौर नगरपालिका , डिश होम , आर डी सी नेपाल , अभियान नेपाल ,जनसेवा नेपाल माण्डवी नेपालको मुख्य प्रायोजनमा राजदेवी मिडिया सेन्टरद्वारा आयोजित उक्त प्रतियोगितामा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका बरिस्ठ नेता माधव कुमार नेपाल विशिष्ट अतीथि समानुपातिक सांसद रेखा झा,प्रदेश सभा बिधायक बाबुलाल साह,पुर्ब मन्त्री डा. बन्सीधर मिश्र लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।साथै महिला उत्थानका लागि गरेको सराहनीय प्रयासका लागि राजदेवी मिडिया सेन्टरलाई धन्यबाद पनि दिएका छन । कार्यक्रममा डाक्टर श्रीभगवान ठाकुर, चपुर स्वास्थ्य चौकीका डाक्टर सुभाष चौधरी र नेपालको क्रिकेट टिममा खेलिरहेको रौतहटका खेलाडी जितेन्द्र मुखियालाई सम्मान समेत गरिएका छन l संस्था का अध्यक्ष रामपुकार राउत को अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट स्थित राजनैतिक दलका प्रमुख , नागरिक समाज , कार्यालयका प्रमुख , प्रतिनिधि तथा सर्व साधारण हरुको सक्रिय सहभागिता रहेको थियो l संस्था ले गौर देखि चपुर सम्मका २८ जना महिलाहरुलाई छनौट गरि साईकल दौडमा सहभागी गराई भब्यता साथ रौतहटको गौरमा प्रजातन्त्र दिवस मनाईएका छन।
Facebook Comments