Loading...
राणा शासनभन्दा अर्कै तरिकाले माओबादीको फागुन ७ गते नै नेपालबाट यसरी भयो अन्त्य

प्रचण्ड २०५२ सालको असारमा जनयुद्धको पहिलो दस्तावेज लखेका थिए । उक्त दस्तावेजले ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ जनयुद्धलाई मुख्य मार्ग बनाएको थियो । उक्त दस्तावेजकै कारण नेपालमा गणतन्त्र स्थापना भएपनि मूल उद्देश्य भने पूरा भएन । राणा शासन जति नै क्रुर प्रचण्डको जन्युध थियो त्यसबेला कति अनाथ, बिधुवा र मारिए त्यसको कुनै लेखा जोखा छैन । तर त्यति गरेर पनि १ दशक सम्म मात्र सत्तामा टिकेका माओबादीको राणाहरु जस्तै फागुन प्रजान्तंत्र दिवश कै अवशरमा अन्त्य भएको छ । माओबादी राणा शासनको जस्तो पनि टिक्न सकेन । संसदीय व्यवस्थालाई ‘खशीको टाउका झुण्ड्याएर कुकुरको मासु बिक्री गर्ने थलो’ भन्दै सुरु गरेको मूल नेतृत्व फेरि त्यही व्यवस्थामा फर्किएको छ ।

यस्तो समझदारी भएर एकता भएको छ

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

४. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *