Loading...
उपेन्द्रले अर्जुन दृष्टिमा केपी ओलीलाई भने- सरकारमा सहभागी हुन्छौ तर संबिधान संशोधनपछि

प्रेम गिरि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओली विच भेटवार्ता भएको छ । एमाले नेता अग्नि खरेलले भने, सरकारमा सहभागी हुनुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो । राम्रो सन्देश पनि दिउँ र बलियो सरकार बनाऔं भन्ने उहाँको जोड छ ।’
प्रधानमन्त्री ओली अब हुने मन्त्रिपरिषद् विस्तारमा नै फोरमलाई पनि समावेश गर्ने सोचमा छन् । जवाफमा यादवले आफूहरु सकारात्मक रहेको तर, केही मुद्दा सम्बोधन हुनुपर्ने प्रधानमन्त्री ओलीलाई बताएका छन् । अध्यक्ष यादवले एक लाइन मा भने- संबिधान संशोधन हुनुपर्छ
एमाले नेता खरेलका अनुसार दुई नेताबीच थप छलफल गर्ने समझदारी भएको छ । संविधान संशोधनबारे सरकार र वाम गठबन्धन सकारात्मक रहेको भन्दै खरेलले भने, ‘उहाँहरुको पनि संविधान संशोधनको मार्ग प्रशस्त गरौं भन्ने जायज छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *