Loading...
ओली र प्रचण्डले अर्काको पार्टीको नाम चोरेपछि निर्वाचन आयोगले दियो यस्तो निर्देशन
काठमाडौं । फागुन ९ । एमाले–माओवादी केन्द्र एकिकरण भएर बन्ने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्टपार्टी राख्ने सहमती भएपनि उक्त नाम पहिलेनै निर्वाचन आयोगमा दर्ता भएको खुलासा भएको छ । एमाले र माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ ।

नयाँ पत्रिकाका अनुसार, ०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

sagarmathapost

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *